Logo

कालोबजारीको औषधी र मास्क बरामद



मोरङ, २१ जेठ । लुकाई छिपाई राखेको विभिन्न किसिमको औषधी र मास्क मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । बिराटनगर महानगरपालिका स्थित सिता तामाङको घरमा लुकाई छिपाई राखेको करिब ८ लाख २८ हजार ९ सय ९५ मूल्य बराबरको विभिन्न किसिमको औषधी र मास्के बरामद गरेको हो ।

उनको घरमा औषधी र मास्क लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मूल्य बराबरको औषधी र मास्क फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्