एजेन्सी, १० असार । एशियाको चर्चित विवाह मिलाइदिने सादी डटकमले आफ्नो वेवसाइटबाट छाला टोन फिल्टर एप हटाएको छ । वेवसाइटका केही सम्वेदनशील प्रयोगकर्ताको आग्रहमा उक्त एप हटाइएको हो ।
अनलाइन प्रविधिबाट अमेरिकाको ड्यालसस्थित बसोबास गर्ने युवती हेतल लखानीले सादी डटकमविरुद्व फिल्टर एप हटाउन मुद्दा दायर गरेकी हुन् । अमेरिकामा जारी जातीय रङभेदको विषय तातीरहेको वेला वेवसाइटविरुद्व मुद्दा हालेकी छिन् । वेवसाइट भित्र प्रवेश गर्न वित्तिकै आफ्नो फेसको रङ र फिल्टर गर्न प्रविधिमार्फत जानू पर्ने नियमलाई हटाउनु पर्नेमा युवतीले जोड दिएकी छिन् ।
फिल्टर कुनै प्रकारका समुदाय र कुनै समाजलाई हानी नपुर्याउने उदेश्यले उक्त प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ । वेवसाइटले कुनै प्रकारको स्किनमा आधारीत काम नगर्ने र स्किन फिल्टरको आधारमा पार्टनर नखोज्ने विषयलाई प्रकाश पारेको छ । वेवसाइट व्यस्त जीवन शैली अपनाइरहेको मानिसहरुलाई जीवन साथी खोज्न मद्दत पुर्याउने गर्दछ ।

वेवसाइटबाट फिल्टर प्रविधि हटाउनु पर्नेबारेमा १५ सय जनाले हेतलको पक्षमा सहमती गरीसकेको जनाइएको छ । विवाह गर्ने उदेश्यले युवा र युवतीहरु एक अर्काको सम्पूर्ण विवरण वास्तविक रुपमा जान्न खोज्दा फिल्टर एपले मानिसले तस्बीरमा देख्न नजरीया र वास्तवीक रुपमा देख्ने नजरीयामा फरक आउने भएको कारण सो प्रविधिलाई बन्द गराउन अनिवार्य रहेको बुझिएको छ ।




प्रतिक्रिया