एकता जोगाउन भन्दै पार्टी कार्यालयमा धर्ना


काठमाडौं, असार २२। नेकपा भित्रको जारी विवाद अन्त्य गरी पार्टीलाई निकास दिनका लागि केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्ने कार्यलाई अगाडि बढाइने भएको छ । नेकपाका केन्द्रीय नेताहरुले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एकता जोगाउन भेलाको गर्ने भएका छन्। दिउसो २ बजेदेखि ३ बजेसम्म पार्टी एकता जोगाउन दवाव दिने उद्धेश्यले धर्ना दिने कार्यक्रम रहेको पार्टीका एक केन्द्रीय सदस्यले बताए ।

भेलामा एकता जोगाउनका लागि के के गर्न सकिन्छ भन्ने बारे र हिजोदेखि सुरु भएको हस्क्षाक्षर संकलनतर्फको बाँकी प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने बारेमा निर्णय हुन सक्ने जनाइएको छ ।

विवाद अन्त्य गरी पार्टीलाई निकास दिनका लागि केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्ने कार्यलाई पनि भेला मार्फत् अगाडि बढाइने भएको छ ।