रुसलाई उछिन्दै सर्वाधिक कोरोना संक्रमित देशको सुचीमा भारत तेस्रो


एजेन्सी, २२ असार । विश्वमा सर्वाधिक कोरोना भाइरसको संक्रमितको सुचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ । पछिल्लो तथ्यांकमा भारत ६ लाख ९८ हजार संक्रमित संख्यासँगै रुसलाई उछिन्न पुगेको हो ।

रुसमा कुल संक्रमित संख्या ६ लाख ८७ हजार छन् । भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ७ सय कटेको छ । २९ लाख ८२ हजार नाघेको छ । अमेरिकामा एक लाख ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

ब्राजिलमा संक्रमित संख्या १६ लाख नाघेको छ । त्यहाँ ६४ हजार नौ सयको संक्रमणबाट मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म कोरोना सक्रमितको संख्या एक करोड १५ लाख नाघेको छ । ५ लाख ३७ हजारको मृत्यु भइसकेको छ ।