डिआईजीहरु शाही र कार्की एआईजीमा बढुवा सिफारिश


काठमाडौं, ३१ असार । नेपाल प्रहरीका डिआईजीहरु निरज बहादुर शाही र प्रद्युम्न कार्की एआईजी बढुवाका लागि सिफारिशमा परेका छन् । रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा शाही र कार्की बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन् ।  शाहीले संगठनको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् भने कार्कीले विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।

Photo Source: Facebook/Social Media