चितवन, १ साउन । चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा राम सेढाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा राप्ती नगरपालिकाको सेढाई टोलमा बस्ने सेढाई पक्राउ परेका हुन् ।
जिल्लाको विभिन्न स्थानमा चन्दा असुल गर्ने तथा खैरहनीस्थित मर्कनटायलमा बम बिष्फोट गराई क्षति बनाउने जस्ता कार्यमा संलग्न रही फरार रहेका सेढाईलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले घरबाट भाग्ने क्रममा पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । File photo




प्रतिक्रिया