पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना


काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना दिएका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक सन्देश दिदै शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पाकिस्तानलाई शान्ति, विकास र समृद्धिको कामना समेत गरेका थिए । पाकिस्तान १४ अगष्ट सन् १९४७ मा बनेको थियो ।-File Photo