प्रवासी नेपालीहरूको संस्कृति र संस्कार मोह


राम खड्का: धेरै नेपालीहरू बाध्यता भनौ वा अवसर भनौ या रहरले भनौ विदेशीन बाध्य भएका छ। आफनो मातृभुमि सजिलै छोडेर हिडने रहर त कसैलाई पनि नहोला! सुख सयल र सम्पन्न जीवन यापनको आकांक्षा बोकेर हिडेका लाखौ नेपालीहरू संसारको प्रत्येक कुनामा रहेका छन। आपनो जन्म भुमिमै अवसर र आकांक्षा पुरा गराऊने अवसर मिलदो हो त अवश्य पनि मातृभूमि र आफनत छोडी हिडने रहर कसैलाई पनि नहोला! धेरैका आकांक्षा पुरा भए होलान भने धेरैले कष्टकर र असजिलो जीवन पनि त व्यतिक गरिरहेका होलान।
राम खड्का
जुनसुकै परिस्थितिले विदेशीन बाध्य बनाएतापनि प्रत्येक नेपालीको मुटुमा भने नेपाली ढुकढुकीलेनै डेरा जमाई रहेको पाईनछ। दुख सुख जे भोगाई मिलिरहे पनि मन भरि सधै मातृ संस्कार र संस्कृतले स्थाई र गहिरो छाप मारीरहेको छ। देश काल र परिस्थिति अनुसार ऊनीहरूको खानपान, लवाई खुवाई, बसाई र भाषा फेरियो होला तर मनभरि रहेको मातृभूमि प्रतिको माया र आफनो संस्कृति र संस्कार प्रतिको मोह कहिलयै फेरिएको पाईएन । विदेशको ठाऊ, अर्काको भुमि अवश्य पनि परिस्थिति सहज छैन होला। पाईला पाईलामा चुनौती होलान।
मातृभूमिमा रहेका आफनतसंगको संवादले लगातार आईरहेका चाड पवंको सम्झना दिलाईरहने छ। दशैको निधारभरि टिका र शिरभरि जमराको झझलको , तीहारमा निधार भरि सप्तरंगी टिकाको याद अनि तीजमा माईती मावलको संझना!! यादै यादले मन जति थिचे पनि कर्म भुमिमा दैनिक कर्म त गनुंनै परिहालयो। व्यस्त जीवन, कामको चटारो, चाड पवं अनुकुलको छुट्टी र फुरसत पनि त कहाँ मिलि हालदो रहेछ र? आफनो मातृ चाहाडमा रमाऊने मन भरि चाहना रहदा रहदै पनि काम र कर्मको तालिकाकाले मन गहौं बनाऊदै भौतारीनु पदांको पीडा यी आप्रवासी दिदी बहिनी र दाजु भाईलाई मात्र थाहा होला! अझ आफनत तथा साथि संगिहरूका सामाजिक संजालका भित्ता भरि रंगीएका श्रव्य दृश्यहरूले त केही क्षण मन मस्तिष्कलाईनै अचेत बनाई दिनछ। जे सुकै होस वा ढिलो होस या चाडो थौरै समय पाऊदा पनि मनभरिको चाहना बिसाऊन नचुकने यी आप्रवासी आत्माहरूलाई भने सलाम नगरिरहन सकिदो रहेनछ। त्यहा आमा छैनिन, दिदी बहिनी र माईती मावल कोहि छैनन तर पनि पूर्वकी माईली, पश्चिमकी साईली, हिमालकी गोरी र तराईकी मोरी सबै जमघट भएका छन।
आहा कति कमलो मन यी दिदी बहिनीहरूका! माईली, साईली, काली गोरी सबै आफनत! यीनै आमा, यीनै दिदी वाहिनी अनि यीनै माईती मावल!! होला ठाऊ र परिवेशसंग यी दिदी बहिनीहरूको पहिरन मेल नखाला तर रातो सारीले सजिएको जीऊ डाल र तीजको रहरले भरिएको मनले भने केही क्षण त स्वर्गलाईनै आफुले टेकेको भुमिमा लियाईदिएको अनुभूति गराई दिदो रहेछ! नेपथ्यमा घनकिएको गित – तीजको रहर आयो वरीलै ले त झन नेपाललाईनै परदेशमै उपस्थित गराईदिएको महसूस हुदो रहेछ। जहा रहे पनि जे खाए पनि र जसो गरे पनि आफना चाड पवं र तीथि संस्कारलाई सजिलै भुलन अवश्य कठिन हुदो रहेछ। यसैले त त्यो नेपाली गित- जहा रहु जसो गरौ जे खाऊ यो मन त मेरो नेपाली हो भनने भावलाई प्रतिभुत गराई दिदो रहेछ।
मनको बेदमा, दुख र भाव तीजको गित मारफत पोखेर मन हुलुगों बनाऊने चाड तीज परदेशमा चाहि स्वदेशकै सरह सासु, नन्द, भाऊजुबाट वषंभरि भएका थिचोमिचो र अन्याय प्रकट गनें खालका नहोलान तर अवश्य पनि परदेशमा रहेका चेलिहरूका पनि बेदमा भने छन। आमा बुबा लगाएत आफनतहरूबाट टाढिनुको पीडा, दैनिक कामको चपेटा, व्यस्त र कोलाहलपुणं जीवन र आफना चाड पवं मनाऊन छुट्टी र समय नपाऊनु आदि आदि। (ललितपुर स्थायी घर भएका खड्का हाल अमेरिकामा बस्छन्)

Skip This

Omoda E5 Pro