सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुग्यो


कैलाली, असोज २२ । सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको हो।

दुई सय २८ प्रहरी मध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना संक्रिय संक्रमित रहेका छन्। सुदुरपश्चिममा प्रहरी जवानदेखि प्रहरी उपरिक्षकसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ।