कर्णालीका नेकपा नेता कँडेलले प्रचण्डलाई भेटे


काठमाडौं, ३० असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशका सांसद यमलाल कँडेलले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कँडेल पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता मानिन्छन् । कँडेल प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । कर्णालीका नेकपा नेता तथा सांसद गुलाबजंग शाहका अनुसार कँडेलको कुरा अध्यक्ष दाहालले गम्भीर रुपमा नलिएको जनाए । दाहालले कँडेललाई केन्द्रमा सल्लाह नगरी किन यस्तो गम्भीर गल्ती गरेको भन्दै आक्रोश पोखेका थिए । दाहालले केन्द्रमा यसबारेमा समिक्षा हुने पनि जनाएका थिए । File Photo/ReportersNepal