कैलाली, कार्तिक १३ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्षिया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए ।
उनलाई हिजो मात्र कोरोना पुष्टि भएको थियो ।




प्रतिक्रिया