पम्पिओ अचानक भियतनाम पुगेको घटनापछि चीन शतर्क


एजेन्सी, १५ कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एशियाको लामो भ्रमण सकेका छन् । भारतबाट शुरु गरेर इन्डोनेशियामा पुगी अन्त गर्ने तय भएको भ्रमण केही फरक भयो । उनी एशियामा यसअघि भ्रमण तालिकामा नरहेको भियतनाम पुगे । यसरी पम्पिओले सँसारलाई आश्चर्यमा पारे ।

पम्पिओ भियतनाम पुगेको घटनालाई चीनले गम्भीरताका साथ लिएको छ । भियतनामसँग चीनको साउथ चाइना सीमा विवाद छ ।

इन्डोनेशियासँग पनि चीनको साउथ चाइना सीका विषयमा विवाद छ । उनी श्रीलंका र मालदिभ्स पुगी चीनको आलोचना गरे । भारतमा त उनले चीनलाई काउन्टर दिने गरी सैन्य सम्झौता गरे ।

यसरी भारतबाट शुरु भई भियतनामबाट समापन भएको पम्पिओको साताव्यापी भ्रमणलाई लिएर चीनले चासो व्यक्त गरेको छ । चिनियाँ विदेश मामलासम्बन्धी धारणा बाहिर ल्याउने गरेको ग्लोबल टाइम्सले पम्पिओलाई विष भन्दै एशियाली देशहरुले त्यसविरुद्ध सचेतना अपनाउनुपर्ने भनेको छ ।