दुर्घटनामा दुईजनाको मृत्यु


वीरगंज, २५कार्तिक । बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सोमवार राति १२ः४० बजे बारा पचरौता नगरपालिका–९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना भई खोलामा खस्दा चालक रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महागढीमाई नगरपालिका–९ कन्चनपुर ससुरालीबाट सिम्रौनगढ जाँदै गरेको उनी गन्तव्यमा नपुगेपछि खोजी शुरू गरिएको थियो । खोज्दै जाँदा तियर खोलामा शव भेटिएको थियो । यसैगरी सोमवार राति पौने १० बजे पिपराबाट तेतरिया जाँदै गरेको ना २२ प ६८५४ नं.को मोटरसाइकल करैयामाई गाउँपालिका–५ तेतरियास्थित पक्की पुलमा ठोक्किएको थियो । मोटरसाइकलमा सवार दुर्ईजना पुलमुनि पानीमा खसेका थिए । उनीहरूलाई तत्काल उद्दार गरेर उपचारका लागि कलैया अस्पताल पु¥याइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका करैया गाउँँपालिका–३ गालोपटी बस्ने २२ वर्षीय सन्देश साह तेलीको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका करैयामाई गाउँँपालिका–३ बजनी बस्ने २३ वर्षीय अरमान हवारीको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।