वीरगंज, २४ मङ्सिर । रौतहट बमकाण्डपछि ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका अभियुक्त महम्मद महताब आलमको आजदेखि बयान शुरु भएकोछ । आज महताबको जिल्ला अदालत रौतहटको इजलास नं। ६ मा बयान लिन शुरू भएको छ ।
रौतहटको राजपुर फरहदवा बम काण्डमा पक्राउ परेका सांसद आफताब आलमका भाइ महताबलाई सोमवार पक्राउ गरिएको थियो । उनको मंगलवार पिसिआर परीक्ष्ँण गराई आजदेखि रौतहट अदालतमा बयान लिन शुरु गरिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।
नारायण सिंह राजपूतको जाहेरीको आधारमा मो आफताब आलमसमेत संलग्न रहेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा मो महताब पनि पक्राउ परेका हुन् ।




प्रतिक्रिया