प्रचण्डविरुद्ध पहिलोपटक सार्वजनिक रुपमै खनिए लेखराज भट्ट–प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन्


काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा सुदुरपश्चिमस्तरीय भेलाको आयोजना गरेको छ । उक्त भेललाई सम्बोधन गर्दै मन्त्रीसमेत रहेका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री नै देख्ने गरेको टिप्पणी गरेका छन् ।

उनले प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको बताए । मन्त्री भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । उनले अघि भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् ।’