दाहसंस्कार स्थलको छाना खस्दा १७ जना भारतीयको मृत्यु


नयाँदिल्ली, पुस २० । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३८ जना घाइते भएका छन् ।

आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएकाहरु दाहसंस्कार स्थलको कौसी भत्किदा छानामुनि च्यापिएका थिए । मृतकमध्ये अधिकांश व्यक्तिहरूको घटनास्थलमा नै मृत्यु भएके थियो भने केहीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।