गजल : एकनास समय कहाँ चल्छ… (भिडिओसहित)

डा. बिष्णु मुर्ति भट्टराई

डा . बिष्णु मुर्ती भट्टराई
एकनास समय कहाँ चल्छ, मै हु भन्नेको पनि दिन लाग्छ नि
राम्रै गरिरछु भन्दा भन्दै पनि त यहाँ रिन लाग्छ नि

जागिर न हो साझ बिहान चुलो घरमा बाल्नै पर्यो
फोहोर उठाउने दाइ लाइ पनि त फोहोर देखि घिन लाग्छ नि

झरी मा बज्ने गर्मि मा तात्ने मेरो पो घरको छानो
उ त बेपारी हो बेच्यो उसलाई त त्यो केवल टिन लाग्छ नि

छानो चुहिएर भिजे पो जाडो हुन्थ्यो त्यो शरीरलाई
जानी जानी भिज्ने जोडी लाइ झरी एउटा सिन लाग्छ नि

नजर जुधाएर रम्ने हरु नजर लुकाएर काटे बाटो
जोड्न पो बर्सौ लाग्छ नाता तोड्न एकै छीन लाग्छ नि