काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको कुरा संसद् सचिवालयलाई जानकारी गराएको छ । उक्त समूहले दलको नेता ओलीसहित उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारबाही गरिएकोबारे संघीय संसद् सचिवालय र सभामुखलाई जानकारी गराएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
आज (बिहीबार) प्रमुख सचेतक गुरुङसहित सांसदहरु दिनानाथ शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जीवनराम श्रेष्ठलगाययत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन्। त्यस्तै, राजेन्द्र पाण्डे र लिलामणि पोखरेल भने पार्टीको पछिल्लो निर्णय बोकेर निर्वाचन आयोग पुगेका छन् । File Photo/ReportersNepal




प्रतिक्रिया