काठमाडौं, २९ फागुन । जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न ठाकुर र यादव पेसिडाँडा पुगेका थिए । आजको भेटवार्ता सकारात्मक रहेको यादवको प्रतिक्रिया छ । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा दाहालसँग एकदमै सकारात्मक छलफल भएको प्रतिक्रिया दिए ।
उनले अब प्रधानमन्त्री ओलीसँग कुनैपनि हालतमा सहकार्य नहुने पनि दाबी गरे । उनले बाहिरिने क्रममा मिडियाकर्मीसँग भने,‘अब केपी ओलीसँग कुनैपनि हालतमा सहकार्य हुँदैन्, कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानु ? आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो।’
जसपाका नेताहरुले हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । संसद् पूनःस्थापनापछि कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा मिलेर संयुक्त सरकार बनाउनुपर्नेबारे सहमति हुन लागेको नेताहरुले बताउने गरेका छन् । तर, यसबारेमा ठोस सहमति भने भैसकेको छैन् । File Photo




प्रतिक्रिया