काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा नजाने भएका छन्। गौतमनिकट स्रोतले जनाएअनुसार वामदेव गौतम प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका हुन् ।
गौतमलाई बैठकमा सहभागी हुनको लागि मुख्य सचेतक विशाल भट्टराईले फोन गरेका थिए । तर, जवाफमा नेता गौतमले आफू नआउने बताएका थिए । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरु पनि ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् । File Photo/ReportersNepal




प्रतिक्रिया