माधव नेपालले भने : राष्ट्रिय कार्यकर्ता भेला भव्य रुपमा सफल भयो, हाम्रो जोश कम छैन् (फोटोफिचर)


काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले यही चैत्र ४ र ५ गते ललितपुरमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला सफलतापूर्वक सम्पन्न भएको टिप्पणी गरेका छन् । उनले उक्त भेलालले पार्टीलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको पनि टिप्पणी गरे । आफूनिकट युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीले काठमाडौं उपत्यकामा पाँच हजार नेता तथा कार्यकर्ता अट्ने ठाउँ भेटेनौं । अस्तिको कार्यकर्ता भेला गर्न टुँडिखेलमा पो जानुपर्ने होलाजस्तो लाग्यो । कार्यकर्ता अट्ने ठाउँ नै भएन । तर, हेरिटेज गार्डेनमा राम्रो व्यवस्थापन भयो । सबै हिसाबले कार्यकर्ता भेला सम्पन्न भयो । जुन उद्देश्य लिएका थियौं । त्यो राम्रो भयो । आन्दोलनको दिशामा अघि बढाउन सकिएको छ । सबै हिसाबले सफल भयो । पाँच हजार मान्छेको व्यवस्थापन गर्न सजिलो हुँदैनथियो । तर, व्यवस्थापन धेरै राम्रो भयो । युवा संघको तर्फबाट जुन सहयोग भयो । त्यो सकारात्मक छ ।’

उनले आफूलाई क्रान्ति र आन्दोलनको चिन्ता भएको भन्दै भोक, ज्यानको कुनै चिन्ता नभएको पनि उल्लेख गरे । देश र जनताको निम्ति काम गर्न आफू सधैं सकारात्मक रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘हामीसँग जोश कम छैन् । गति नै जीवन हो । युवाहरु गतिका प्रतिक हुन् ।”Photo By: Mukunda Kalikote/ReportersNepal