काठमाडौं, ८ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न कारणले विभेद र अधिकार वञ्चितिकरणमा पारिएका समुदायको अधिकारका लागि सामाजिक क्रान्ति गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आइतबार ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित गैरसरकारी संस्था महासंघ, संयुक्त दलित जातीय संघर्ष समिति, जातिभेदविरुद्ध विश्व मञ्च र युथ एड्भोकेसी नेपालले काठमाडौंमा आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधानमा लेखिएका हक र अधिकारका विषयसमेत सरकारले कार्यान्वयन नगर्नु दुःखद भएको गुनासो पोखेका छन् । उनले भनेका छन्,‘हाम्रो देशमा थुप्रै राजनीतिक परिवर्तन भए, राजनीतिक क्रान्ति भए, तर ती आन्दोलन र क्रान्तिले सामाजिक परिवर्तन ल्याउन सकेन, त्यसैले अब अझै एकपटक सामाजिक क्रान्तिको आवश्यकता छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया