माधव नेपाल पक्षधर अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला सुरु (लाईभ भिडिओसहित)


काठमाडौं, १० चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षबीच अन्तरसंघर्ष चर्किएको छ ।

पार्टीको यही चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको छ । नेताहरुले सामूहिक रुपमा स्पष्टीकरण दिने र प्रधानन्त्री ओलीसँग पनि प्रतिस्ष्टीकरण सोधिने बताएका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal