इलामका दुर्गाप्रसादको उपचार सुरु


इलाम, चैत २३ । जिल्लाको माई नगरपालिका–१० का ६० वर्षीय दुर्गाप्रसाद तिम्सिनाको विराट शिक्षण अस्पतालमा आइतबारबाट उपचार सुरु भएको छ। तिम्सिना भारतमा ४० वर्ष जेल जीवन बिताएर फर्किएका हुन्।

उनी चैत ८ गते फर्किएसँगै प्रदेश १ सरकारले उनको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तिम्सिनाको आइतबारदेखि अस्पतालको मेडिसिन वार्डमा भर्ना गरी उपचार थालिएको छ।

विराट शिक्षण अस्पतालले तिम्सिनाको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने जनाएको छ। दुर्गाप्रसादको उपचारमा वरिष्ठ फिजिसियन डा पुरु कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर शिखा उपाध्याय, दन्त रोग विशेषज्ञ डाक्टर मोना पोखरेललगायतका चिकित्सकको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

डाक्टर कोेइरालाका अनुसार दुर्गाप्रसादलाई मानसिकसहित ढाड, पेट र दाँतको समस्या देखिएको छ। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro