१४ वर्षमै विवाह, छोरा जन्माउनै पर्ने दबाबले चौथौँ सन्तान जन्माउन खोज्दा २० बर्षमै मृत्यु


हुम्ला, चैत २४ । ५ कक्षा पढ्दै थिइन्। उमेर १४ वर्ष मात्र पुगेको थियो। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन्।

विवाह भएको एक वर्षपछि आमा बनिन्। छोराकोआसमा सरस्वतीले २० वर्षको उमेरसम्म तीन छोरी जन्माइसकेकी थिइन्। चौथो सन्तान छोरा नै जन्माउनुपर्ने बोझ थपियो।

तर तीन वर्षअघि सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव हुँदा उनले ज्यान गुमाइन्। सरस्वतीजस्तै कर्णालीमा सानै उमेरमा विवाह गर्ने र जोखिमपँर्ण रूपमा आमा बन्नेको संख्या अन्य प्रदेशभन्दा धेर छै । आर्थिक वर्ष २०७४ देखि २०७५र७६ सम्मको तीन वर्षमा ४१ हजार किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएका कर्णाली प्रदेश सरकारको तथ्यांक छ ।

यही अवधिमा प्रदेशभर २ लाखभन्दा बढी बालिकाको विवाह भएको छ । सानैमा विवाह गर्नुपर्ने पारिवारिक र सामाजिक दबाबका कारण धेरैको ज्यान जोखिममा परिरहेको आजको कान्तिपुर दैनिकमा खछ ।