खुला सिमानामा निगरानी बढाउनु पर्छः प्रधानमन्त्री ओली


काठमाडौं, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन्। राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘‘खुला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने? परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मानिस ?’

हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मानिस के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘म्यान्मारका रोहिङ्ग्या शरणार्थी कसरी आउँछन् यहाँ? हाम्रो सीमा भारतसँग पो खुला हो म्यान्मारसँग हो र? विगतमा भुटानसँग थियो र? ’’

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा खतराबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरू नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने उनको भनाई रहेको आजको गोरखापत्र दैनिकबाट

Skip This

Omoda E5 Pro