उडाएरै हान्ने हो, सुतेको ठाउँमा हान्ने शैली काम छैन : गोकुल बाँस्कोटा


काठमाडौं, १९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सरकारको विरोध गरि बस्नेजति सबैलाई आनन्द भएको होला नि भन्ने टिप्पणी गरेका छन् ।

उनले मिसनवालालाई शुभकामना समेत भनेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री ओली हटाउन नसके वा जनतामा जानु परेमा उही किचकिच गर्ने होईन भन्दै विरोधीहरुलाई चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन्-“ल अब वाहृ महिना नै सरकारको बिरोध गरि बस्ने जति सबैलाई आनन्द भो होला नि।मिसनवालालाई शुभकामना छ,ओली हटाउन नसके वा जनतामा जानु परेमा फेरि उहि किचकिच गर्ने हैन।उडाएरै हान्ने हो सुतेको ठाउँमा हान्ने शैली लोकतन्त्रमा काम छैन।”