संगै मिलेर काम गर्ने सर्तमा पत्नीसंग सम्बन्धविच्छेद गरे बिल गेट्सले


वासिङटन, बैशाख २१ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विवाहको २७ वर्षपछि आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने निर्णयमा पुगेका छन्। धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको ट्वीटर मार्फत् जानकारी दिएका छन्।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय ग¥यौँ’, ट्वीटरमा लेखेका छन्, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन।’ सार्वजनिक ट्विटमा उल्लेख छ ।

उनीहरूले २७ वर्षसम्मको सम्बन्धमा तीन सन्तान पाउन र संसारभर कार्यक्षेत्र रहेको फाउन्डेसन स्थापना गर्न सकेको बताएका छन्। सम्बन्ध बिच्छेद भएपनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने बताएका छन्।

Skip This

Omoda E5 Pro