अस्पतालमा अक्सिजन अभाव भएपछि विरामी भर्ना रोकियो


काठमाडौं, २५ वैशाख । अक्सिजनको नियमित आपूर्ति असहज भएको भन्दै हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालले विरामी भर्ना रोकेको छ । आजबाट चावहिलस्थित उक्त अस्पतालले विरामी भर्ना रोकेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. हेमबहादुर लिम्बूले आज विज्ञप्तिमार्फत् कोरोना उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन ग्याँसको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण विरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सृजना भएको जनाएका छन् । अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैयामात्र सञ्चालनमा ल्याई सेवा प्रदान गरिने जनाएको छ ।

Skip This

Omoda E5 Pro