काठमाडौं, जेठ २४ । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मेघनले शुक्रबार क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्।
३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम ुलिलीु राखिएको छ। हाल आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ।




प्रतिक्रिया