फ्रान्सका राष्ट्रपति माक्रोनलाई थप्पड हानेको भिडियो भाइरल (भिडियोसहित)


काठमाडौं, जेठ २६ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेको भिडियो समाजिक सञ्जालमा भाईरल भईरहको छ ।

देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो देख्न सकिन्छ ।

राष्ट्रपति माक्रोनले दक्षिणी फ्रान्सको भ्रमणका क्रममा त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर भीडमा नमस्कार गर्दै एक पुरुषको नजिक पुगेका थिए। भिडियो फुटेजका अनुसार उनले ती पुरुषसँग बोल्न खोज्दै हात मिलाउन खोज्छन्। तर ती पुरुषले उनको गालामा चड्कन हान्छन्।

लगत्तै ती पुरुषलाई सुरक्षाकर्मीले नियन्त्रण गरेको देखिन्छ भने राष्ट्रपति माक्रोनलाई तुरुन्तै सुरक्षित स्थानतिर लगेको देखिन्छ।