मन्दिरका नाममा बजेट दुरूपयोग


काठमाडौं, असार १४। टीकापुर नगरपालिका–१ सिंचाइ कार्यालयनजिकै दर्जन बढी मन्दिर लहरै देख्न सकिन्छ। ती मन्दिर विभिन्न जातजाति र भेगका मानिसले निर्माण गरेका हुन्। कतिपय मन्दिरसँग जग्गाको स्वामित्व छ भने धेरैजसो मन्दिर जग्गा कब्जा गरेर निर्माण गरिएका छन।

मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको छ। स्थानीय पालिकाका वडा कार्यालयदेखी प्रदेश सरकारले समेत मन्दिर निर्माणमा लगानी गरेका छन्। अझ कतिपय मन्दिरमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन्। केही मन्दिर भने सम्बन्धित सरोकारवालाले चन्दा संकलनबाट निर्माण गरेको पाइएको छ।

राज्यको लगानीमा निर्माण भएका यी मन्दिर विभिन्न जातजाति र भेगका मान्छेहरूको पूजाको दिनबाहेक वर्षभरि बन्द रहन्छन्। ‘मन्दिरमा दैनिक पूजाआजा हुनुपर्ने हो तर यहाँ त वर्षभरि ताला लगाईएको हुन्छ,’ स्थानीय ललित थापाले भने, ‘राज्यको लगानी दुरूपयोग भएको छ।’ यी मात्रै हैन नगरपालिकाभित्र रहेका अन्य मन्दिरमा समेत वडा कार्यालयदेखी प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको छ। टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षमा मन्दिरका नाममा ठूलो रकम विनियोजन गरेको छ। उसले कैलाशेश्वर शिव मन्दिरका लागि मात्रै ३० लाख रूपैयाँ छुट्याएको छ।

नगरपालिकाले मन्दिरका नाममा धेरै रकम विनियोजन गरेको भन्दै नगरसभामा समेत चर्को आलोचना भएको थियो। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro