काठमाडौं, असार १६ ।एक साताअघिसम्म कोभिडका बिरामी मात्र भर्ना हुने उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाबाहेकका बिरामी भर्ना हुने क्रम बढ्दै गएको छ। एक सातायता वीर अस्पतालमा अन्य बिरामी भर्ना हुने क्रम बढेको हो। अस्पतालमा विभिन्न खाले बिरामी बढ्न थालेपछि कोभिड अस्पतालको सेवा दिइरहेको राष्ट्रिय ट्रमा सेन्टरलाई हटाएर पुरानै सेवा सञ्चालनमा ल्याइएको छ।
अस्पतालको पुरानो भवनमा रहेको कोभिड सेवा हटाएर नयाँ सर्जिकल भवनमा ५ सय शड्ढयाको सेवामा सीमित गरिएको अस्पतालका युनिफाइड कोभिड अस्पतालका प्रशासन प्रमुख डा। जागेश्वर गौतमले बताए। ‘हामीले अन्य निजी अस्पतालमा महँगो उपचारमा नगई यहाँ उपचारका लागि आउन कोभिडका बिरामीलाई अनुरोध गर्छौ,ं’ उनले भने।
कोभिडका बिरामी आउने क्रम घटेपछि त्रिवि शिक्षण अस्पतालले पनि कोभिडबाहेकका बिरामी भर्ना गरिरहेको अस्पतालको आकस्मिक कक्ष प्रमुख डा। योगेन्द्र शाक्यले बताए। कोभिड महामारीको बखत दैनिक ७० जना कोभिडका बिरामी आकस्मिक कक्षमा मात्र आउने गरेकोमा अहिले दैनिक एकाध जना मात्र आउने गरेको डा। शाक्यले बताए।
टिचिङ अअस्पतालका कोभिड १९ संयोजक डा। सन्त कुमार दासका अनुसार दुई सातादेखि यो अस्पतालमा कोभिड बाहेकाका बिरामी भर्ना हुने क्रम बढेको हो। कोभिडका बिरामीको भर्ना दर घट्दै गएपछि अस्पतालले समस्या जटिल बनिरहेका अन्य बिरामीलाई भर्ना गर्न थालेको हो। हाल अस्पतालमा ५ सय ६० जना अन्य बिरामी भर्ना भएका छन् भने ८६ जना मात्र कोभिडका बिरामी उपचाररत छन्। यो संख्या कोरोना संक्रमण बढेको बेला ठ्याक्कै उल्टो थियो।
४ सय जना कोरोनाका बिरामी भर्ना भएका थिए भने १ सय जना अन्य बिरामी थिए। कोरोना संक्रमणसँगै अस्पतालले रोकेका शल्यक्रिया सेवा तथा अन्य सेवाहरू कोभिड संक्रमण घट्दै गएपछि सुरु गरेको डा। दासले बताए। ‘नियमित शल्यक्रियाको पर्खाइमा रहेका सयौं बिरामी आउने क्रम जारी छ,’ उनले भने।
कोरोनाका बिरामी भर्ना हुने क्रम घटेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार निजी अस्पताल तथा मेडिकल कलेजका बिरामीलाई सरकारी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको छ। अवको मन्त्रालयसँग कोभिड उपचारको सम्झोता गरेका निजी अस्पताल र मेकिडल कलेजहरूलाई अवको १० दिनपछि बिरामीको खर्च नबहोेर्ने सूचना जारी गरिसकेको छ। नागरिक दैनिकबाट




प्रतिक्रिया