आज ‘सानो आकार’को मन्त्रिपरिषद्


काठमाडौं, असार २९ । सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन्। सर्वोच्च अदालतले आज दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।

विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ। ‘प्रधानमन्त्रीको सपथका लागि केही संकेत आए पनि अहिलेसम्म समय तय भएको छैन,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको सपथसँगै आजै सानो मन्त्रिपरिषद् नै बन्छ।
संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।

Skip This

Omoda E5 Pro