काठमाडौं, १६ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले उत्तम ओलीतन्त्रपछि झनै उत्तम देउवातन्त्रको उदय भएको बताएका छन् । संग्रौलाले आज सामाजीक सञ्जाल ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले केपी शर्मा ओलीको सरकारलाई चटके ओलीतन्त्रको संज्ञा दिँदै देउवा सरकारले मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको प्रति व्यग गर्दै लेखेका छन्,‘हावाको रूखमा आँप फलाउनु चटके ओलीतन्त्रको सर्वाेच्च उपलव्धि थियो, मन्त्रिपरिषद्लाई पूर्णता दिनु अकर्मण्य देउवातन्त्रको सर्वाेच्च उपलव्धि हुने भो । आशा गरौँ, देउवातन्त्रको अन्तिम दिनसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । उत्तम ओलीतन्त्रपछि झनै उत्तम देउवातन्त्रको जन्म भयो त !’




प्रतिक्रिया