डडेल्धुराः कांग्रेस जिल्ला सभापतिकी आमाको नाम हटाएर देउवा पुत्रलाई क्रियाशील सदस्यता


डडेल्धुरा, भदौ २५ । विवादकाबीच डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७, नवदुर्गा गाउँपालिका वडा नम्बर ४ लगायतका वडाहरुमा उद्घाटन सत्र सकिएको छ।

यता काँग्रेसको जिल्ला कार्यसमितिले भने आजको अधिवेशन स्थगित गरिएको बताएको थियो। पार्टी कार्यालय सचिव राम विष्टले मतदान अधिकृत बमले गत मंगलबारको बैठकमा विवाद सृजना गरेको आरोप लगाए।

कांग्रेसका कतिपय केन्द्रीय तहका नेताहरु नै डडेल्धुरामा क्रियाशील सदस्यता टुंगो नलगाई वडा अधिवेशन नगर्ने अडानमा रहेका थिए। कांग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला लगायतका नेताहरु समेत तत्काल अधिवेशन नगर्ने पक्षमा रहेका थिए। सोही विवादका कारण नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएको चर्चा पनि छ।

सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन्। क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ–आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन्।

Skip This

Omoda E5 Pro