डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भयोः कांग्रेस जिल्ला सभापति मल्ल


काठमाडौं, भदौ २५ । विवादकै बीच डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएपछि जिल्ला सभापति कर्ण मल्लले ‘ज्ञानेन्द्र शासन’ लगाइएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा ‘ज्ञानेन्द्र शासन’ सुरु भएको आरोप लगाएका हुन्।

‘डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भएको छ, प्रहरी लगाएर पार्टीको अधिवेशन गर्न थालिएको छ, हामीले बहिस्कार गरेका छौँ,’ मल्लले भने। प्रहरी लगाएर पार्टीको अधिवेशन गराउने गलत प्रयत्न भइरहेको उनको आरोप छ।

यता डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ।

Skip This

Omoda E5 Pro