पूर्वआइजीपी बोहराको घरमा एभोकाडो चोर्दा…


काठमाडौं, ८ असोज । एभोकाडो चार्नेको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १२ जना युवाहरु नयाँ बानेश्वर क्षेत्रमा एभोकाडो चोरेको अभियोगमा पक्राउ परेका हुन् ।

संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरी भएपछि खोजतसालका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा रामेछापका सञ्जीव खड्का, हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ, देव तामाङ, रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदिप यादव र रामेछापका शंकर कठायत छन् ।

यो समूहले रातको समूहमा एभोकाडो चोरेर पसलहरुमा विक्री गर्दै आएको थियो । ्अभियुक्तहरुले चोरेको एभोकाडो बेच्ने पसलहरुमाथि पनि कारबाही बढाइएको बुझिएको छ ।

पूर्व आईजीपी बोहराले एभोकाडो चोरिएको जानकारी प्रहरीलाई दिएपछि अनुन्धान बढेको थियो ।