अरुणभ्याली हाइड्रोपावरको शेयरमुल्य समायोजन


काठमाडौं, ११ असोज । नेप्सेले अरुणभ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर प्रयोजनको लागि नेप्सेले मुल्य समायोजन गरेको जनाएको छ ।

कम्पनीको अन्तिम कारोबारको आधारमा १० प्रतिशत बोनसपछिको मुल्य ५ सय २३ निर्धारण गरेको नेप्सेले जनाएको छ । ०७७/७८को नाफाबाट उक्त बोनस शेयरसँगै कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभा प्रयोजनको लागि एकदिन असोज ११ (आज) बुक क्लोज गर्ने भएकोेले हिजोसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र सभामा भाग लिन पाउने भएका छन् ।