दशैको अवसरमा आइएमई पे को अफर, हवाई टिकट खरिदमा क्यासब्याक


काठमाडौं, १३ असोज । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित आइएमई पे ले दसैंको झट्का स्कीम सार्वजनिक गरेको छ ।

अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यासव्याकको सीमा दुई हजार रुपैयाँसम्मको रहेको छ भने यो अफर पहिलो १०० खरिदकर्ताका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

सबै प्रयोगकर्ताहरु आइएमई पेको माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकका लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो स्किममा आईएमई पे पञ्जीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।