काठमाडौंं, १४ असोज । बुधबार ५० अंकले बढेको नेप्सेमा साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) उच्च अंकको गिरावट आएको छ । नेप्सेमा आज ३२ दशमलव ५१ अंकले घटेर २६ सय ३३ दशमलव ४२ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशालव ४१ अंकले घटेर ४ सय ९७ दशमलव ५ विन्दुमा थामिएको हो ।
आज २२५ कम्पनीको ४९ हजार ८ सय ३५ पटक ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रुप्ौयाँ बराबरको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।





प्रतिक्रिया