काठमाडौं, १४ असोज । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई कृत्रिम गर्भधानबाट जीन्मएको बज्जाजसतैको संज्ञा दिएका छन् । आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा (एकीकृत समाजवादी) अवैधानिक पार्टी भएको टिप्पणी गरे । उनले भने,‘नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तो हो ।’उनले संसद् अवरोध खुलाउनको लागि सरकारले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘तपाईंहरूले साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रूपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईंको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्न भन्नुहोस, किन निहुँ खोज्नुहुन्छ भनेका थियौं, नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ, संविधान, कानून मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौं, एस पार्टी वैधानिक पार्टी होइन, नेकपा एस पार्टी नराखी हामी बस्न सक्छौं, त्यो पार्टी नै हो कि होइन, कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो, त्यो पार्टी नै होइन।’
एमालेले पछिल्लो समय सदन अवरोध गर्दै आएको छ । आजपनि बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक आगामी असोज १९ गते दिउँसो १ बजे बस्नेगरि स्थगित् गरेका थिए । File Photo/ReportersNepal




प्रतिक्रिया