१४औं वार्षिक उत्सवको अवसरमा सनराइज बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं, १८ असोज । सनराइज बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराको साथ असोज १५ गते बैंकले सातै प्रदेशमा आफ्नो १४औं वार्षिक उत्सवको मौकामा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाई परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने बैंकको विश्वास छ ।