काठमाडौं, १८ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमामाई हाइड्रोपावर लिमिटेडको आज शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
आइतबार कायम भएको अन्तिम शेयरमुल्य ४ सय ४७ रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयरपछिको मुल्य ४०६ दशमलव ३६ निर्धारण गरेको हो । कम्पनीले यो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।




प्रतिक्रिया