नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेसिभ फाइनान्सका ग्राहकले छुट पाउने


काठमाडौं, १९ असोज । प्रोग्रेशिभ फाइनान्सले नारायणी सेन्ट्रल हस्पिटल वीरगन्जमा सम्झौता गरेको छ । दुई कम्पनीबीच स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरेको हो ।

अब सम्झौतापछि प्रोग्रेशिभ फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताले विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा फाइनान्सको सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र नारायणी सेन्ट्रल हस्पिटलका अध्यक्षसुमन क्यालले हस्ताक्षर गरेका हुन् ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई सम्झौताबाट फाइनान्स ग्राहकहरुले थप लाभ पाउने बताए । फाइनान्सले हाल १५ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।