काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज (बिहीबार) बसेको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको हो । बैठकले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ ।
अहिले अध्यक्ष नेपाल सत्तापक्षीय गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । खासगरी नेकपा (एकीकृत समाजवादी) ले मन्त्रालयमा गरिएको भागबण्डामा पनि असन्तुष्टि पोखेको छ ।
उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टीले पाँच वटा मन्त्रालय र एक राज्यमन्त्रीमा दाबी गरेको सुनाए । त्यस्तै, अहिले नेकपा (एकीकृत समाजवादी) ले पाउने भनेर बाहिर चर्चा भएका मन्त्रालयमा पनि सो पार्टीको सहमति नभएको बुझिएको छ । माधव नेपालले यसबारेमा आज प्रधानमन्त्री देउवासँग फाईनल कुरा गर्ने बुझिएको छ । Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया