काठमाडौं, २१ असोज । बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा बाग्मती प्रदेश र प्रदेश नम्बर १ को मुख्यमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ । मन्त्रिमण्डल विस्तारबारे निर्णायक छलफल गर्ने भनेर बसेको गठबन्धनको बैठकमा यी दुई प्रदेशको मुख्यमन्त्रीबारे पनि सहमति भएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले मन्त्रिमण्डल भागबण्डामा चित्त दुखाएका थिए । उनले संख्या कम भएको र मन्त्रालय पनि वजनदार नदिईएको भनेर सुरुमा आक्रोश पोखेका थिए । नेकपा (एकीकृत समाजवादी) लाई दुई वटा प्रदेशको मुख्यमन्त्री दिईने सहमति भएसँगै सरकारमा जान आफूहरु सकारात्मक रहेको प्रतिक्रिया अध्यक्ष नेपालले दिएको स्रोतको दाबी छ । अहिले नेपाल पार्टीको स्थायी कमिटी बैठकस्थलमा पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । तर, सत्तापक्षीय गठबन्धनका दलले मन्त्रीहरुको नाम दिन आनाकानी गरेपछि आज हुने सम्भावना नभएको बुझिएको छ । बालुवाटार स्रोतले भने भोलिमात्रै मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ । file photo




प्रतिक्रिया