बेलायतका लागि नेपाली राजदूत रेग्मी नेपाल फर्किंदै


काठमाडौं, असोेज २४ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन्। सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको पछि रेग्मी अक्टोवर २४ तारिख नेपाल फर्किन लागेका हुन्।

नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावास आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले पत्रकारिताका क्रममा ुनेपाल र नेपालीु लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए।

पत्रकार महासंघ यूके एवम् यहाँस्थित नेपाली पत्रकारहरुबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुसी व्यक्त गरे।

मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरुबारे पनि समाचारहरु बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, ुबेलायतमा रहेका पत्रकार साथीहरुले दुवै खालका भूमिका निभाइरहेको मैले पाएँ, जुन साँच्चीकै सकारात्मक र तारिफयोग्य छ।ु

शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।

Skip This

Omoda E5 Pro