काठमाडौं, २४ असोज । प्रदेश १ र बागमती प्रदेश सरकार दशैंयता नढल्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएपछि उनीहरुको पद जोगिएको हो ।
शाक्यले विश्वासको मतका लागि हालेको निवेदन दर्ता मात्र भएको छ । दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएको छ । यो निर्णयसँगै उनले दशैं मुख्यमन्त्रीका रुपमा मान्ने निश्चित भएको हो ।
बागमती प्रदेशमा शाक्य अल्पमतमा छिन् । उनले विश्वासको मत पाउने सम्भावना लगभग समाप्त भइसकेको छ ।
प्रदेश १ मा मुख्यमन्त्री आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने भएका छन् । यसकारण पनि उनी नेतृत्वको सरकार टिकेको छ । आचार्य पनि अल्पमतमा छन् ।




प्रतिक्रिया