काठमाडौं, १६ कात्तिक । प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको सूची तयार गर्न गृहकार्य बढिसकेको छ । आजै केहीले राईसँगै मन्त्रीको सपथ लिने भएका छन् ।
मन्त्रीको आकांक्षी धेरै भएकाले सहमति बनाउन समस्या परेको छ । नेकपा एकीकृत समाजवादीबाट गणेश काम्बाङ, सुनिता चौधरी, सावित्राकुमारी रेग्मीको सम्भावना छ ।
नेपाली काँग्रेसबाट हिमाल कार्की, राजीव कोइराला, ओमप्रकाश सरावगी र प्रकाशप्रताप हाङ्गामको सम्भावना बलियो छ ।
माओवादी केन्द्रबाट इन्द्र आङबो, सीता थेवे र झलकसिंह मगर दौडमा अगाडि छन् । आङबो मन्त्री बन्ने निश्चित भइसकेको छ ।
जसपाबाट जयराम यादव र राधा थापामध्येबाट मन्त्री बन्नेछन् ।




प्रतिक्रिया